काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बुधवार डा पौडेललाई सपथ दिलाएका हुन्।
शपथ लिएपछि पौडेल कार्यभार सम्हाल्नेछन्।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।
मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।









