काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।
प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्।









