सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सोमबार बैठक बोलाइएको हो।

कांग्रेसका एक नेताका अनुसार गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागन विवादबारे पनि छलफल हुने बताए।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार  १ : ५३ बजे