काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ।
आज एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।
नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।









