कार्यपालिका बैठक माग गर्दै उपमेयर डंगोलसहित ४१ सदस्यको मेयर शाहलाई पत्र



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन्।

आज बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो ।

सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  ४ : २१ बजे