संसद्‍मा गृहमन्त्री लेखकको राजीनामा माग,विपक्षीको नाराबाजीपछि बैठक स्थगित



काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  १२ : ०२ बजे