काठमाडौं । आज (मंगलबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य शिशिर खनालले भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका कर्मचारीलाई मात्रै नभएर गृहमन्त्री रमेश लेखकमाथि पनि अनुसन्धान गरिनुपर्ने बताएका छन् ।
रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताए ।
उनले भने, “संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन,”।
खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।









