गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि सुनुवाइ



काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट आज (मंगलबार) दर्ता भएको छ ।

पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा भोलि बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  १ : ५१ बजे