सदनको गतिरोध हटाउन छलफल जारी, गृहमन्त्रीको राजीनामासम्बन्धी प्रतिपक्षको अडान कायमै



काठमाडौं । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् ।

सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतकसहित कानुनमन्त्री अजय चौरासिया, सहकारीमन्त्री बलराम अधिकारीसहितका नेताहरू छलफलमा छन् ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्।

सदनको गतिरोध हटाउने विषयमा छलफल केन्द्रित छ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  ३ : ४५ बजे