प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका थिए ।

त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  ४ : २० बजे