प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार प्रचण्डलाई फोन गरी गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणबारे सदनमा बोल्न दिन आग्रह गरेका हुन्।

गृहमन्त्रीले सदनमा बोल्न समय माग गरे पनि गृहमन्त्रीलाई बोल्न नदिने पक्षमा प्रतिपक्षी दलहरू छन्।

प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन्। गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको अडान छ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  १ : ०७ बजे