भिजिट भिसा प्रकरणमा म संलग्न छैन, मेराविरुद्ध नियोजित आक्रमण भयो : गृहमन्त्री रमेश लेखक



काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नै कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

बुघबारको संसदमा विपक्षीले बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने,‘यस प्रकरणमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ,यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’

उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उदेश्यले षड्यन्त्र बनाइएको दाबी गरे ।अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ५ : ४१ बजे