काठमाडौं– नेकपा एमालेको कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ।
दुबै कार्यक्रमका कारण ती क्षेत्रहरूमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत हवाई निगरानीसमेत गरिएको छ।
नेकपा एमालेले भृकुटीमण्डपमा बिहान ११ बजे विशेष कार्यक्रम राखेको छ।
उता राप्रपा लगायतका राजावादी समूहहरूले रत्नपार्कमा प्रदर्शन गर्ने जनाए पनि प्रशासनले उनीहरूका लागि दिउँसो साढे २ बजेपछि मात्र प्रदर्शन गर्न समय निर्धारण गरेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले दुवै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न होउन् भन्ने उद्देश्यले निगरानी बढाएको जनाएको छ।









