विपक्षी दल : “बजेट ल्याउन मात्र दिएका हौ आन्दोलन जारी छ”



काठमाडौं ।आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षीहरु आन्दोलनमै रहेको बताए ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारेका हुन् ।

उनले भने “हामी जिम्मेवार छौँ । यो देशलाई अघि बढाउन संविधान रक्षा, कार्यान्वयन गर्न निरन्तर अघि बढ्नुपर्छ,” ।

उनले जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेकाले प्रतिपक्ष जिम्मेवार बनेको बताए ।

आर्थिक सर्वेक्षण, बजेट प्रस्तुत गर्न र टेबल गर्ने विषयमा मात्रै सदन अघि बढ्न दिइएको बताए । यद्यपि, उनले भने, “हाम्रो आन्दोलन जारी छ ।”

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  २ : १९ बजे