माओवादी केन्द्रको निर्णय: गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन अवरोध जारी राख्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  १ : ३२ बजे