काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज काठमाडौंको माइतीघरमा विरोध र्याली निकालेको छ ।
उनीहरुले बागमती प्रदेशका सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको मागहरु लेखेका ब्यानर बोकेर विरोध गरेका हुन् ।
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।
यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।












तस्विर : बिजेन अमात्य, नेपाल न्यूज बैंक










