रेशम चौधरीले दिए महिमानसिंह विष्टविरुद्ध उच्च अदालतमा निवेदन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

महिमानलाई एक लाख धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध रेशम उच्च अदालत पुगेका हुन् ।

निवेदन अहिले दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।

विष्टले गत वैशाख १७ गते चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न पत्र लेखेका थिए । उक्त पत्रपछि चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार  १ : ३८ बजे