संसद् बैठकअघि छलफलमा जुटे विपक्षी दल



काठमाडौं । मंगलबार संसद् बैठक सुरु हुनुअघि विपक्षी दलका नेताको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनुअघि विपक्षी नेताहरू छलफलमा जुटेका हुन् ।

प्रतिपक्षी दलहरुले विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरिराखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्ने विपक्षी दलको बैठक बसेको हो ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  ११ : ४७ बजे