प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार १ बजे बस्ने



काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन भएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका विपक्षी दलसँग सदन सञ्चालनका विषयमा सहमति नजुटेकाले बैठक बैठक स्थगन गरिएको हो ।

यसअघि आज (मंगलबार) बिहान ११ बजे बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको

विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  ३ : ०७ बजे