भिजिट भिसा प्रकरणबारे संसद्‌मै सबै प्रश्नको जवाफ दिन्छु: गृहमन्त्री लेखक



काठमाडौँ । भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

जवाफमा उनले सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसद्‌मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यसँग आग्रह गरे ।

उनले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  १० : ५९ बजे