काठमाडौँ । अमेरिकाले अवैध रूपमा पुगेका थप ५० नेपालीलाई डिपोर्ट गरेको छ।
उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता ल्याईंदै छ।
अध्यागमन अधिकारीहरूका अनुसार आज दिउँसो ४ बजे उनीहरू नेपाल आइपुग्ने छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।










