अवैध रूपमा अमेरिका पुगेका थप ५० नेपाली डिपोर्ट, आज काठमाडौं ल्याईंदै



काठमाडौँ । अमेरिकाले अवैध रूपमा पुगेका थप ५० नेपालीलाई डिपोर्ट गरेको छ।

उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता ल्याईंदै छ।

अध्यागमन अधिकारीहरूका अनुसार आज दिउँसो ४ बजे उनीहरू नेपाल आइपुग्ने छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आइतबार  १० : ४६ बजे