कार्यपालिका बैठक राख्ने र विवाद समाधान गर्ने मेयर बालेनको सहमति



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् ।

उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।

लामो समयदेखि विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक केन्द्रित रहेको मेयर र उपमेयर दुवै जना विवाद समाधान गर्ने तथा बैठक राख्ने कुरामा सकारात्मक रहेको स्रोतले बताएको छ।

आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  १२ : ५८ बजे