कांग्रेस-एमाले र माओवादीबीच सदन खुलाउने सहमति, रास्वपा मनाउँन छलफल चल्दै



काठमाडौँ( भिजिट भिसा प्रकरणका कारण प्रतिनिधि सभामा देखिँदै आएको गतिरोध अन्त्यका गर्न तीन दल तयार भएका छन्।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच सहमति भएको हो।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने तीन दलबीच सहमति छ। अध्यागमनमा देखिएका समस्याबारे अध्ययन छानबिन सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश छ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएको छ। कांग्रेस-एमालेसँग सहमति गरेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा जुटेका छन्।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहिबार  ८ : १४ बजे