काठमाडौँ । सोमबार बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा ‘अलबिदा’सहितको लामो स्टाटस लेखेर सम्पर्कविहीन बनेका डाक्टर केशव श्रेष्ठलाई भेटिएका छन्।
डा श्रेष्ठ तारकेश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला परेका हुन्।
काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनलाई रिसोर्टबाट उद्धार गरिएको जानकारी दिए।
विभिन्न कारण दिएर उनले परिवारसँग माफी पनि मागेका थिए। उनको मोबाइल बन्द थियो।