काठमाडौँका नगरप्रहरी प्रमुख पाण्डेलाइ निलम्बन नगर्न आदेश, काम गर्ने बाटो खुल्यो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरप्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोजग गुरागाईँको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

‘२०८२ जेठ २० गतेको निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनूरदिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ ९१० बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा लेखिएको छ।

पाण्डेले आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते पाटनमा रिट दायर गरेका थिए। जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे छलफलमा बोलाएको थियो।

काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।

चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईं कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो।

प्रकाशित मिति : असार ४, २०८२ बुधबार  ७ : ४६ बजे