दीपक मनाङे प्रदेश सांसदबाट पदमुक्त



काठमाडौं, ४ असार । फौजदारी कसुरमा दोषी ठहर भई अन्तिम फैसला भइसकेका दिपक मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् ।

मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

साथै, उनले विवरण ढाँटेर प्रदेशसभा सदस्य बनेकोसमेत इजलासको ठहर छ ।

संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुन् निर्णय गरेको हो ।

मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।

प्रकाशित मिति : असार ४, २०८२ बुधबार  ७ : ५२ बजे