सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन, विपक्षी दलको असहमति



काठमाडौँ । भिजिट भिसा प्रकरणमाथि छानबिन गर्न सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै परोक्ष सम्बन्ध रहेकाले उनीमाथि समेत छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले संसदमा एक महिनाभन्दा बढी अवधिदेखि आन्दोलन गर्दै आएका छन्।

गृह मन्त्रीले जानकारी दिएअनुसार समितिको सदस्यमा सहसचिवहरू तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र) प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्।

सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दलले भने असहमति जनाएका छन् ।

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  ३ : ११ बजे