निजामति विधेयकमा अनाधिकृत परिवर्तन गर्नेलाइ कडा कारबाही हुनुपर्छ : शेखर कोइराला



काठमाडौँ । कांग्रेसका नेता डा। शेखर कोइरालाले निजामति सेवा विधेयकमा गरिएका परिवर्तनलाई घोर अपराध भन्दै उक्त मार्यमा सम्लग्न हुनेलाइ कडा कारबाहिको माग गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले विधेयकमा अनाधिकृत परिवर्तन हुनु देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति अपमान भएको आरोप लगाएका हुन्।

‘निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन एक सामान्य घटना होइन। यो हाम्रो देश र संसदको अपमान हो । यस प्रक्रियामा जोडिएका व्यक्तिहरूलाई तुरुन्त हदैसम्मको कारवाही गर्नुपर्छ र परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा फर्काउनुपर्छ। कुलिङ पिरियड बिना यस विधेयकको काम अगाडि बढ्नु हुँदैन र यसलाई अब अघि बढ्न दिइनु हुँदैन,’ डा। कोइरालाले भनेका छन्।

उनले विधेयकको सबै प्रक्रियाहरू सही ढंगले र पारदर्शी रुपमा सम्पन्न गरिनु पर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  १० : ०१ बजे