काठमाडौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुञ्जन राई छन्।
बुधवार ललितपुरको बाँडेगाउँबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जानकारी दिएको छ। उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनले गृहमन्त्री रमेश लेखकलाई पनि भेट गरेकी थिइन्।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्की गायिका समीक्षा अधिकारीसँग एलिनाको फोटो सेयर गर्दै ‘साहसी छोरीहरू’ भन्दै प्रसंशा गरेका थिए।