काठमाडौँ । सत्ता सहयात्री दल कांग्रेसको दबाबका कारण भूमी सम्बन्धी ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटेको छ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।
तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।