काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् ।
कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।
खनालले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भनी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो । उजुरीपछि खनाललाई समितिले स्पष्टीकरण सोधेको थियो ।
तर, जवाफ चित्तबुझ्दो नआएको भन्दै अनुशासन समितिले उनलाई एक वर्षका लागि पार्टी सदस्यबाट निष्काशन गरेको हो ।