काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ ।
साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।
पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए ।०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् ।









