कोइराला निवास पुगेर खाँणले भने– यो पवित्र भूमि हो, गुटसँग नजोडौं



काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज विराटनगरमा रहेको ऐतिहासिक कोइराला निवासमा पुगेका छन्

उनी यतिवेला कोशी प्रदेशको भ्रमणमा छन् ।

मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘‘यहाँ आउनु भनेको एउटा पवित्र भूमिमा आएजस्तै हो । यसलाई राजनीतिक गुटसँग जोडेर हेरिनु हुन्न । निवासलाई गुटको हिसाबले हेरिनु हुँदैन ।’’

कोइराला निवास कांग्रेसजनका निम्ति ‘साझा र पवित्र भूमि’ भएको उनले बताए ।

प्रकाशित मिति : असार ३२, २०८२ बुधबार  १२ : ०० बजे