साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरु)



काठमाडौं । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ।

साउन महिना गवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार  १० : २१ बजे