एमाले पोलिटब्युरो बैठक बस्दै,उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताब हुदै



काठमाडौं । नेकपा ९एमाले० को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो ।

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पु‍र्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।

प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार  ९ : ३९ बजे