काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।
महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् ।
निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए।
उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्ब गरेको अवस्थाबारे आफूहरुले आयोगलाई झक्झक्याएको बताए। आयोगले पार्टीले दिनुपर्ने कागजातहरु सबै पुगेको जानकारी गराएको पनि बताए।
पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक–पटक बुझाए पनि अद्यावधिक नगरिएको आरोप उनको छ।









