काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीका बारेमा एमाले बैठकमा पक्ष विपक्षमा बहस भएको थियो ।
त्यस क्रममा उनको सदस्यता नवीकरण सक्रियताबारे नेताहरूबिच विवाद भएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो ।
बैठकले भण्डारीसँग संवाद गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएपछि भण्डारी अध्यक्ष ओलीसँग छलफल गर्न च्यासल पुगेकी हुन् ।









