राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।

भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  १० : ५६ बजे