नाउपाकी निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरणको माग



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न माग गरेकी छन् ।

श्रेष्ठले बिहीबार पार्टी हित विपरीत तथा विधान र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भन्दै नेता चौधरीलाई स्पष्टीकरण माग गरेकी हुन् ।

२४ घण्टाभित्र लिखित स्पष्टीकरण नआएमा पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार  ४ : ४८ बजे