गायिका निर्मला घिसिङ्गको नँया गीत सार्बजनिक



काठमाडौँ। गायिका निर्मला घिसिङ्गको स्वरमा रहेको मार्मिक गीत ‘आँसु झार्दिन म’ को भिडियो सार्वजनिक गरिएको छ। रमण थामीको संगीत तथा एरेन्ज रहेको गीतमा शब्द रचना भगवती प्रधानको रहेको छ।

जनयुद्दको परिवेशको कथा बुनिएको भिडियोको निर्देशन मिराज विक्रम सिंहले गरेका हुन्। भिडियो मर्मश्पर्शी बनेको छ।

रन्धिर श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन अमित बिकको रहेको छ। भिडियोमा मिराज बिक्रम सिंह,मान्सी शर्मा,टिका बास्तोला (रेखा),गणेश जि. सी.लगाएतको अभिनय रहेको छ।

म्युजिक भिडियो रमण थामीको अफिसियल यु-ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार  ६ : २९ बजे