भारतको उत्तराखण्डमा भीषण बाढी ४ जनाको मृत्यु, ५० जना बेपत्ता



काठमाडौँ । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा भीषण वर्षापछि आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ।

उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ ।

घटनामा ५० जना बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन्।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत ठूलो क्षति गरेको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार  ६ : ३३ बजे