काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
रास्वपाको उम्मेदवारको लागि परेको निवेदन आज सार्वजनिक गरेको हो ।
रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।आवेदन दिनेमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ।









