काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको संशोधन प्रस्तावमा यस्तो व्यवस्था समावेश गरिएको हो।
प्रस्ताव अनुसार शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्ला पाँच वर्षको औसत मूल्यांकन अंक न्यूनतम ८० प्रतिशत हुनु पर्नेछ।
यसअघि भने शिक्षकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा कम्तीमा ९० प्रतिशत अंक हुनुपर्ने प्रावधान थियो।









