भदौको दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा



काठमाडौं, २२ साउन । शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको आज बसेको बैठकले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको बताए ।

महासंघले भदौको ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको पनि उनले बताए ।

आन्दोलनको प्रकृति र तालिका राष्ट्रिय समितिको पूर्ण बैठकपछि सार्वजनिक गरिने उनले बताए । आफूहरुसँग विगतमा भएका सहमतिहरुको कार्यान्वयनसहित तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले यसअघि गत चैत–वैशाखमा २९ दिन आन्दोलन गरेको थियो ।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  ८ : ०३ बजे