काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताएका छन् ।
बिहीवार बसेको सार्वजानिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हून् । उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए। उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सबै बेरुजूलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्ट्रचारी हुन् । भ्रष्ट्रचार बेरुजु फरक कुरा हुन् ।’
सांसद बास्कोटाले बेरुजु फस्र्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिए ।









