काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले केन्यालाई मानव अफ्रिकी ट्राइपानोसोमियासिस मुक्त देश घोषणा गरेको छ । सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा उन्मूलन गरेको प्रमाणित गरेको छ ।
जसले गर्दा यो महत्वपूर्ण उपलब्धिमा पुग्ने १० औं देश बनेको छ । केन्या आफ्नो जनसंख्यालाई मानव अफ्रिकी ट्राइपानोसोमियासिसबाट मुक्त गर्ने देशहरूको बढ्दो श्रेणीमा सामेल भएको छ ।
२०१८ मा गिनी वर्म रोग–मुक्तको रूपमा देशको प्रमाणीकरण पछि मानव अफ्रिकी ट्राइपानोसोमियासिस केन्यामा उन्मूलन हुने दोस्रो उपेक्षित उष्णकटिवन्धिय रोग हो ।
केन्याले २० औं शताब्दीको शुरुमा ट्राइपानोसोमियासिस रोगको पहिलो केस पत्ता लगायो । एजेन्सी














