काठमाडौं, २६ साउन । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्विकार गरेको छ ।
लामिछानेले आफूलाई बैंक जमानतमा छाड्न भन्दै निवेदन दिएका थिए ।
सो निवेदनउपर आज भएको न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामुक्त गर्न अस्विकार गरेको हो ।
लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।









