पाकिस्तानमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते



काठमाडौं । पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमवार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो ।

त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

फसेको आशंकामा रहेका अन्यको खोजी कार्य जारी रहने प्रहरीले बताएको छ । साथै सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले यस दुर्घटनामा गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । एजेन्सी

प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार  १० : ४४ बजे