काठमाडौं । कुलिङ पिरियडमा नैतिक रूपमा दोषी ठहरिएका राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठक शुरू हुनु अघि उनले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका थिए ।
उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै पदबाट राजीनामाको घोषणा गर्न लागेका हुन् ।
कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।









